२०८१, ७ कार्तिक बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत



मधेश प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभामा विश्वासको मत पाएका हुन् ।

केन्द्रमा सत्ता समिकरण उलटफेर भएपनि मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकार अनुमोदित भएको छ ।

आजको प्रदेशसभा बैठकमा कूल १०१ सांसद उपस्थित थिए । जसमध्ये ६७ सांसदले मुख्यमन्त्री सिंहमाथि विश्वास रहेको भन्ने पक्षमा मतदान गरे । विपक्षमा ३४ मत परेको हो ।

मुख्यमन्त्री सिंहलाई जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन् ।

गत जेठ २५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा सिंह मुख्यमन्त्री नियुक्त भएका थिए ।

छ दलीय सरकारले आगामी आर्थिक वर्ष २०८१०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याए । तर बजेट पारित नहुँदै सत्ता समिकरण उलटफेर भयो । जसका कारण विश्वासको मत लिनु केहिघण्टा अघाडी मात्रै मुख्यमन्त्रीलज अर्थमन्त्रीसहित चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए ।

राजनीति परिस्थिति बदलिएपछि सिंहलाई मुख्यमन्त्री बनाउन अहम भूमिका खेलेका नेकपा माओवादी केन्द्र र नेकपा एसले पनि विश्वासको मत दिएनन् ।

प्रकाशित मिति : २०८१, २३ असार शनिबार ००:००  ९ : ५२ बजे