२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनवलमा नक्सापास नगरि घर बनाउन नपाईने



नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकाले नगर क्षेत्रमा नक्सापास नगरि घर बनाउन नदिने भएको छ । नक्सा पास नगरि बनाईएका संरचनाले दिगो विकासको लक्ष्यमा असर गर्ने भन्दै नगरपालिकाले त्यस्ता संरचना निर्माणमा रोक लगाएको हो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नक्सा पासविना घर बनाउने कार्यलाई निरुत्साहित गर्ने उल्लेख गरिएको छ । त्यसरी घर बनाएको पार्ईए नगरपालिकाबाट प्राप्त हुने सेवा रोक्का गर्न सक्ने नीति लिइएको नगरप्रमुख भिमबहादुर थापाले बताए ।

दिगो विकासलाई आधार मान्दै राष्ट्रिय भवन संहिता कार्यान्वयन गरेको सुनवल नगरपालिकाले २०७५ सालमा भवन निर्माण सम्बन्धी मापदण्ड तयार गरेको थियो । उक्त मापदण्ड कडाइका साथ लागु गर्न नगरबासी र सरोकारवालालाई नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, २३ श्रावण शुक्रबार ००:००  ४ : ३४ बजे