जिल्ला स्थित छायाँनाथ रारा नगरपालिकाले भोलि (सोमबार) सार्वजनिक विदा दिने भएको छ ।
छायानाथ रारा नगरपालिका–२ चैन गाउँमा रहेको प्रसिद्ध छायाँनाथ मन्दिरबाट सोमबार मुगुम कार्मारोङ्ग गाउपालिका वडा न १ छायानाथ हिमालमा रहेको छायाँक्षेत्रमा गाथ (शिवको मुर्ती) लिने भएकाले नगरपालिकाले सार्वजनिक विदा दिएको हो ।
कार्यवाहक नगरप्रमुख ऐश्वर्या मल्लको दस्तखतबाट आइतबार जारी गरिएको नगरपालिकाको सुचनामा सोमबार छायानाथ मन्दिरबाट छायाक्षेत्रमा गाथ लगिने भएकाले मातहतका विधालय,स्वास्थ्य सस्था, गैह्र सरकारी संघ,सस्था,वित्तिय कार्यालय लगायत सबै कार्यालयहरुमा सार्वजनिक विदा दिइएको उल्लेख छ ।
सोमबार गाथ लिदा नगरपालिका क्षेत्रका घर घरबाट फुल, माला, अक्षता,धजा चढाउन मन्दिरमा स्थानियहरु जाने र बाजागाजा सहित गाथ पठाउदा स्थानियहरु सहभागी हुने भएकाले सार्वजनिक विदा दिइएको छायाँनाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पशुपती शाहिले जानकारी गराए ।
गाथ लिदा मुर्ती,पुजारी र दर्शनार्थीको सुरक्षाको लागि नेपाल प्रहरी सहित ससस्त्र प्रहरिको टोलि पनि छायाँक्षेत्रमा जाने गर्दै आएको छ ।
छायाक्षेत्रमा गाथको दर्शनका लागि सुदुरपश्चिम, कर्णाली र भारतबाट समेत यो बेला ठूलो संख्यामा भक्तजनहरु आफ्ना कुल देवता, विभिन्न देउताका धामी झाक्री सहित यहाँ पुग्छन् ।
४ हजार ६ सय मिटर उचाइमा रहेको छायाक्षेत्रमा पुग्न कठिन जोखिमपुर्ण यात्रा गर्नुपर्छ । छायाक्षेत्रमा पुग्न मुगु जिल्ला सदरमुकाम गमगढिबाट ३ दिन पैदल समय लाग्ने गर्छ ।
सति देविले प्राण त्याग गर्दा विरक्तिएर शिव भगवानले सतिदेविको मृत शरिर बोकि मर्त्यलोक झर्दा सतिवेविको शरीर गल्दै जादा शरिरका विभिन्न अंग पतन भएको र जहाँ जहाँ शरिरका अंग पतन भए ती स्थान शक्तिपिडको रुपमा मानिएको बताइन्छ ।
छायाक्षेत्रमा सतिदेविका अन्तिममा बाकी रहेका सबै अंग पतन भएकोले भगवान शिव सतिदेविको मायाले छायाक्षेत्र मै अझै पनि रहेको विश्वास गर्दै हिन्दुहरु श्रदाका साथ छायाँक्षेत्रमा पुग्ने र पुजा आराधना गर्दछन् ।
हिन्दु मात्र होइन छायानाथलाई बौद्ध धर्मावलम्बीहरु एब्लाङ्ग भगवान सम्झेर पुजा गर्ने गर्दछन् ।