२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० हजार धरौटी बुझाएर छुटे जुवाखालबाट पक्राउ परेका सांसद बुद्धिकुमार राजभण्डारीसहित ११ जुवाडे



जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका कोशी प्रदेशका सांसद बुद्धिकुमार राजभण्डारीसहित ११ जना भोलिपल्टै छुटेका छन्।

शनिबार काठमाडौंको गौरीघाटबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले एकैदिनमा अनुसन्धान गरी आइतबार मुद्दा दायर गरी छाडेको हो।

आइतबार नै सरकारी वकिल कार्यालयले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेकोमा सबै जना १०–१० हजार धरौटीमा छुटेका छन् । उच्च तहको दबाबका आधारमा यसरी एकैदिन छाड्नुपरेको काठमाडौं परिसरका एक प्रहरी अधिकारी बताउँछन्।

जुवाखालमा सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, रवि श्रेष्ठ, राजु महत र माधव थापालगायत पक्राउ परेका थिए। उनीहरू सबै आइतबार नै छुटेका छन्।

प्रकाशित मिति : २०८१, २८ श्रावण सोमबार ००:००  ४ : ४९ बजे