२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बूढानीलकण्ठस्थित चिसेनीमा गाँजा फडानी



काठमाडौँ । प्रहरीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ चिसेनीमा गाँजा फडानी गरेको छ । नगरपालिकाको वडा नं-५ स्थित प्राकृतिक रुपमा उम्रिएका गाँजा  भेटिएपछि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीको सक्रियतामा गाँजा फडानी गरी नष्ट गरेको हो ।

बूढानीलकण्ठ नगरपालिका वडा नं-५, महानगरीय प्रहरी वृत महाराजगञ्ज, महानगरीय प्रहरी प्रभागं बूढानीलकण्ठ, सामुदायिक प्रहरी सेवा केन्द्र बूढानीलकण्ठ तथा अन्य सामाजिक सङ्घ संस्थाहरूको सहकार्यमा चिसेनीमा गाँजा फडानी गरिएको वडा कार्यालयले जनाएको छ । 

महानगरीय प्रहरी वृत महाराजगञ्जका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रोशन खड्काले गाँजा खेती भएको बाँकी क्षेत्रमा निरन्तर सक्रियता बढाई सम्पूर्ण खेती नष्ट गर्ने बताए । अवैध गाँजा नष्ट गर्दै जाने र घरबारीमा लगाउने विरुद्ध विशेष निगरानी तथा कानुनी दायरामा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २४ श्रावण शनिबार ००:००  २ : ०२ बजे