२०८१, ८ माघ मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुशासनमा उत्कृष्ट काम गर्ने मरिणका अध्यक्ष मुक्तानलाई ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’



स्थानीय तहमा सुशासन क्षेत्रमा उत्कृष्ट काम गर्ने सिन्धुलीको मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानलाई ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको छ । देशभरका ७५३ स्थानीय तह मध्ये वित्तीय सुशासनमा अब्बल काम गर्ने सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष मुक्तानलाई यसवर्षको ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको हो ।

हरेक वर्ष देशभर उत्कृष्ट काम गर्ने व्यक्ति र संस्थालाई प्रदान गरिने यो अवार्ड यसवर्ष देशभरका स्थानीय तहमध्ये मरिणका अध्यक्षले प्राप्त गर्न सफल भएका छन् । ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’ वितरण कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीलगायतले अध्यक्ष मुक्तानको कामको प्रशंसा गर्दै अवार्ड हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष मुक्तानले २०७४ सालको निर्वाचनमा मरिण ३ को वडा अध्यक्ष हुदै २०७९ मा मरिण गाउँपालिका अध्यक्षमा भारी मतले निर्वाचित भएर समग्र मरिणको समृद्धिमा काम गरिरहेका छन् । मरिण गाउँपालिकालाई वित्तीय सुशासन जोखिम मूल्यांकनमा ९७.५ (सर्वोत्कृष्ट) अङ्क प्राप्त गरी न्यून वित्तीय जोखिम दर्ज गराउन सफल मुक्तानले आफ्नो पालिकालाई स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ९४.७५ (सर्वोत्कृष्ट) अंक प्राप्त गरी सुशासनको मामिलामा अब्बल सावित गराएका छन् ।

सुशासन मैत्री गुणस्तरीय सेवा प्रवाह गदै देश भरका गाउँपालिका मध्य उत्कृष्ट ठहरिँदै अध्यक्ष मुक्तानले यस वर्षको ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’ प्राप्त गरेका छन् ।

आयोजक निकिला मिडिया नेटवर्क तथा भवानी इन्टरटेनमेन्टले वर्षेनी देशभरका उत्कृष्ट काम गर्ने व्यक्तिलाई ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’ प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१, २ भाद्र आइतबार ००:००  ५ : ४९ बजे