२०८१, २२ भाद्र शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढानिलकण्ठ नगरपालिकामा कपडा बैंक सञ्चालन हुने



बूढानिलकण्ठ नगरपालिकामा कपडा बैंक सञ्चालन गरिने भएको छ । क्लोथ एण्ड फूड बैंक नेपालसँगको सहकार्यमा बूढानिलकण्ठ नगरपालिकाले कपडा बैंक सञ्चालन गर्ने भएको हो ।

नगरभित्र कपडा बैंक सञ्चालन गर्न नगरपालिका र क्लोथ एण्ड फूड बैंक बीच लिखित सम्झौता भएको छ ।

कपडा बैंक सञ्चालन पछि घर, समाज, टोल र सिंगो नगर सुन्दर र सफा हुने र कपडाको खाँचो परेको वर्गलाई लत्ताकपडा सहयोग मिल्ने बूढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले बताए । ‘आफ्नो घर, टोल रसमाजलाई सफा राखौ  !  कोहि कपडा बिहिन नरहून भन्ने मुलमन्त्र लाइ आत्मासाथ् गर्दै पुन्य कार्यमा सहभागी बनौ !!’  भन्ने मुलनाराका साथ सुरु हुने यो अभियानले समग्र नगरबासीलगायत देशकै हित हुने नगरप्रमुख अधिकारीको भनाई छ ।

सुरुमा यो वर्ष नगरपालिकाको कार्यालय र वडा नं १० को कार्यालय स्थित कपडा संकलन बक्स राखिने छ । आगामी आर्थिक बर्षमा प्रत्येक वडा कार्यालयमा समेत संचालन गरिने छ ।

नगरवासीलाई पुरानो लत्ताकपडा, झोला, ब्याग, बेल्ट तथा दैनिक प्रयोगजन्यसामग्री जम्मा गरि आ–आफ्नो घर टोल समाज सफा पनि हुने र पून्यको कार्य पनि हुने हुदा यो कार्यमा सहभागिताका लागि नगरपालिकाले अनुरोध गरेको छ ।

प्रयोगमा नआएका लत्ता–कपडा संकलन गरेर पुन प्रशोधन (रि–साइकल) गरि आवश्यकताका आधारमा निशुल्क वितरण गरिने यो कार्यक्रम  प्रभावकारी हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले बताए । 

क्लोथ एण्ड फूड बैंक नेपालका प्रमुख अभियन्ता आभिस्कार खनालले देशका सातै प्रदेशमा यो अभियान सञ्चालन भैरहेको र  देशभरका स्थानीय सरकार तथा विभिन्न संघ–संस्थालाई यो अभियानमा सहकार्य गर्न सवैलाइ आव्हान गरिएको बताएका छन् ।

क्लोथ एन्ड फुड बैंक नेपालका परिकल्पनाकार तथा  संस्थापक अध्यक्ष कमल जि.सी.ले क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइबर्षमा देशलाइ कपडा मुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको बताए ।

अहिले सम्म करिब  १६० स्थानिय सरकार यो अभियानमा जोडिएका छन् ।

प्रकाशित मिति : २०८१, ७ भाद्र शुक्रबार ००:००  १० : ०० बजे