२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगाका सबै संक्रमितले कोरोना जिते



ओखलढुंगा । कोरोना संक्रमण देखिएका ओखलढुंगाका सबै संक्रमितले कोरोना जितेका छन् । कोरोनाबाट संक्रमित भएका जिल्लाका ७ जनामध्ये सबै संक्रमित उपचारपछि घर फर्किएसँगै ओखलढुंगाका सबै संक्रमितले कोरोनालाई जितेका हुन् । 

ओखलढुंगाका संक्रमित १ युवक सहित पछिल्लो पटक स्वाब पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

पछिल्लो समय जिल्लाको सिद्धिचरण नगरपालिका, सुनकोशी, मानेभञ्ज्याङ र लिखु गाउँपालिकाका गरि ३० जनाको स्वाब सङ्कलन गरि कोरोना परीक्षणका लागि विराटनगर पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसअघि ओखलढुंगाबाट स्वाब पठाएर कोरोना पुष्टि भएका १५ जना भारतीय मजदुर भने जिल्लाको सम्पर्कमा छैनन् । 

जिल्लामा पिसिआर मार्फत कोरोना परीक्षणको संख्या ७ सय ४४ पुगेको छ । जसमध्ये २२ जनामा कारोना संक्रमण पुष्टि भएको थियो । त्यस मध्येका १५ जना भारतीय बाहेक जिल्लाका ७ जनाले कोरोना जितेका छन् । अहिले ओखलढुंगा जिल्ला भित्र कोरोनाका सक्रिय संक्रमित छैनन् ।

प्रकाशित मिति : २०७७, २५ श्रावण आइतबार ००:००  १० : १८ बजे