२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्वालामुखीका अध्यक्ष यामनाथ दनैलाई उत्कृष्ट स्थानीय तह प्रमुख सम्मान



धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्ष यामनाथ दनैले उत्कृष्ट स्थानीय तह प्रमुख सम्मान पाएका छन् । नेपाली कांग्रेसले गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उमेदवार भई निर्वाचित भएर उत्कृष्ट काम गरेको भन्दै अध्यक्ष दनैलाई पार्टीले सम्मान गरेको हो ।

कांग्रेसबाट निर्वाचित गाउँपालिका मध्य गतवर्षको स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्याङ्कनमा ८५.५ नम्बर प्राप्तगरी उत्कृष्ट स्थानीय तह बन्न सफल भएको ज्वालामुखीका अध्यक्ष दनैलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सम्मान गरेका हुन् ।

नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष दनैसहित आफ्नो पालिका उत्कृष्ट बनाउने विभिन्न स्थानीय तहका प्रमुखलाई सम्मान गरिएको थियो ।

पार्टीको मुल्याङ्कन र सम्मानले थप सकृय भएर जनपक्षिय काम गर्ने र पार्टी निर्माणमा लाग्ने उर्जा मिलेको अध्यक्ष दनैको भनाइ छ ।

ज्वालामुखीले समग्र विकास र समृध्दिसहित सेवा प्रवाहमा अब्बल काम गर्दै आएको छ ।

कांग्रेसले २०७९ को स्थानीय तह चुनावमा तीन सय २९ वटामा प्रमुख पद जितेको थियो । तीमध्ये उत्कृष्ट काम गरेका प्रमुखहरुलाई पार्टीले सम्मान गरेको हो ।

कांग्रेसको सम्मान कार्यक्रममा संघियता बलियो बनाउन स्थानीय तहलाई अधिकार र स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिईएको थियो ।

प्रकाशित मिति : २०८१, २८ भाद्र शुक्रबार ००:००  १२ : ०० बजे