२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीको रातामाटा क्षेत्र सिल गर्न माग



सिन्धुली । कोरोना संक्रमणको जोखिम बढेको भन्दै सिन्धुलीको कमलामाइ नगरपालिका -६ रातामाटाका स्थानीयले रातामाटा क्षेत्र सिल गर्न माग गरेका छन् । सोमबार स्थानीयले छलफल गरेर कम्तिमा दुई साता रातामाटा क्षेत्र सिल गर्न माग गरेका हुन् ।

यसैबीच, निलकमल हार्डवयर पसल संचालकका दाजुमा कोरोना संक्रमण देखिएपछि हार्डवयर बन्द गरिएको छ । संचालक नारायण कार्कीका बिरामी दाजुमा आइतबार कोरोना पुष्टि भएको थियो । तराइबाट कार्कीको घरमा आएर बसेका उनमा कोरोना संक्रमण भएपछि सोमबारबाट अनिश्चितकालका लागि हार्डवयर बन्द गरिएको हो ।

पसलमा काम गर्ने सबै हाल होम क्वारेन्टाइनमा बसेका छन् ।

प्रकाशित मिति : २०७७, २६ श्रावण सोमबार ००:००  ८ : ४७ बजे