२०८१, १८ मंसिर मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाअध्यक्ष न्यौपानेले गरिदिए खिजीकातीका सबै स्वयंसेविकाको निःशुल्क कोरोना बिमा



ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका-४ खिजीकातीका महिला स्वास्थ्य स्वयं सेविकाको कोरोना बिमा गरिएको छ । वडाअध्यक्ष कमलप्रसाद न्यौपानेको पहलमा वडाका सबै स्वास्थ्य स्वयं सेविकाको कोरोना बिमा गरिएको हो । वडा भित्र कार्यरत सेविकाहरु विमला तामाङ, वृद्धलक्ष्मि तामाङ, गीतादेवी सुनुवार, विनिषा सुनुवार, निलकुमारी बस्नेत, ईन्द्रकुमारी न्यौपाने, कमलकुमारी सुनुवार, कृष्णकुमारी खत्री र सम्झना सुनुवारको निःशुल्क कोरोना बिमा गरिदिएको छ ।
समुदायमा निरन्तर सचेतना फैलाउन र स्वास्थ्य सेवा प्रवाह गर्न खटिएका स्वास्थ्य स्वयं सेविकाहरुको प्रोत्साहनका लागि निःशुल्क कोरोना बिमा गरिदिएको वडा कार्यालयले जनाएको छ । विमित स्वयंसेविकाहरुमा कोरोना संक्रमण देखिए उपचार खर्च बिमा कम्पनी मार्फत प्रतिव्यक्ति १ लाख रुपैंया पाउने छन् ।

कोरोना भाईरस (कोभिड १९) बाट बच्ने उपायबारे गाउँमा सचेतना फैलाउन सकृय स्वयं सेविकाको र स्वास्थ्य सुरक्षाका लागि समेत बिमा गरिदिएको वडाअध्यक्ष न्यौपानेले बताए । विगत देखि स्वयंसेवि रुपमा काम गर्दै आएका र कोरोनाको संक्रमण रोक्न समेत महत्वपूर्ण भूमिका खेलेका वडा भित्रका सबै ९ जना स्वंसेविकाको कोरोना बिमा गरिएको उनको भनाई छ । ‘विगत देखि वर्तमान सम्म स्वास्थ्य र सचेतनाका काममा स्वयंसेविकाहरुको भूमिका महत्वपूर्ण छ । उहाँहरुलाई प्रोत्साहन पनि होस् र स्वास्थ्य सुरक्षामा पनि सकेकेको सहयोग गरौं भनेर बिमा गरिदिएका छौं । संक्रमण देखा नपरोस् भन्ने पहिलो लक्ष्य हो देखिएमा उपचारमा सहयोग पुगोस् भन्ने अर्को उद्देश्य हो ।’

वडा अध्यक्ष न्यौपानेले भने,‘धेरै नयाँ र जनपक्षिय काम गर्ने योजना त छ, तर पनि वडामा स्रोत सिमित छ, जनताका माग असिमित छन् । यसबिचमा पनि केही रुपान्तरणका काम गर्ने जमर्को गरिएको छ ।’ कोरोनाको कहरमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी र अन्य क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षाका लागि वडाले भूमिका खेलिरहेको वडाअध्यक्ष न्यौपानको भनाई छ ।

यसअघि, अध्यक्ष न्यौपानेले व्यक्तिगत खर्चमा गाउँका प्रत्येक घरमा हातधुने साबुन वितरण गरेर सरसफाई सम्बन्धी जागरणको काम गरेका थिए ।

वडा अध्यक्षको पहलमा निःशुल्क कोरोना बिमा भएपनि स्वयंसेविकाहरु खुसी भएका छन् ।

प्रकाशित मिति : २०७७, ३० श्रावण शुक्रबार ००:००  ८ : ५६ बजे