२०८१, ११ पुस बिहीबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोलखाको गौरीशंकरका ९ वटै वडामा मतदान सुरु



स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदको निर्वाचन ९ वटै वडामा मतदान सुरु भएको छ ।

जिल्ला निर्वाचन कार्यालय दोलखाका निमित्त जिल्ला निर्वाचन अधिकारी विशाल केसीका अनुसार विहान तोकिएको समय अर्थात ७ बजेबाटै ९ वटा वडाका १२ मतदान स्थलका २१ मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित श्यामसुन्दर तामाङको हृदयघातका कारण गतवर्ष निधन भएपछि उक्त पदमा आज निर्वाचन हुन लागेको हो ।

गाउँपालिका उपाध्यक्ष पदका लागि हुन लागेको निर्वाचनमा ७ राजनीतिक दल र ९ जना स्वतन्त्र गरि १६ जना चुनावी प्रतिस्पर्धामा उभिएका छन् ।

उपनिर्वाचनमा नेपाली कांग्रेसले स्व. श्यामसुन्दर तामाङ्की श्रीमती पासदिकी तामाङलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेकी उमा मगर शेर्पा , माओवादी केन्द्रकी निमलेकी शेर्पा , रास्वपाकी गोमा श्रेष्ठ , नेकपा समाजबादीकी रबिना खड्का, राप्रपाकी मनकुमारी श्रेष्ठ र जनता समाजबादी पाटीका सपना कार्की चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवारको संख्या ९ जना रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

१५ हजार ७ सय १८ मतदाता रहेको गौरीशंकर गाउँपालिकामा मुख्य ३ दलबिचनै प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आइतबार ००:००  ८ : ४९ बजे