बागमती प्रदेश बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जनताले नेपाली कांग्रेसलाई रुचाएको बताएका छन्। हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यमा विजयी अर्जुन कुमार तिवारीको विजयउत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले आम निर्वाचनमा देशको पहिलो दल बनेको कांग्रेसलाई नै उपनिर्वाचन मार्फत पनि जनताले धेरै ठाउँमा रोजेर विजयी गराएको बताएका हुन्।
काङ्ग्रेस देशको ठूलो दल भएकाले अरु दलसँग तालमेल गरेर भन्दा एक्लै चुनावी मैदानमा जान जनताले मत मार्फत सुझाव दिएको उनको भनाइ थियो।
बागमती प्रदेश सरकारले जनतासँग गरेका वाचाहरू क्रमश पुरा गर्दै गएको र स्थानीय सरकार र संघ सरकारसँग समन्वय गरेर संघियतालाई संस्थागत गराउने र जनतामा आशा जगाउने गरि काम गरिरहेको दावी गरेका छन् ।
लामाले देशभर उपनिर्वाचनबाट विजयी उम्मेदवारलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै जनताका बीचमा गरेका वाचा पूरा गर्ने गरी काम गर्न आग्रह गरेका छन् ।