बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले स्वदेशमै रोजगारी सृजना गरी युवा पलायन रोक्न उत्पादन क्षेत्र फस्टाउनुपर्ने बताएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधरण सभा एवं अधिवेशनलाई सम्बोधन गर्दै उनले उत्पादन क्षेत्रम लगानी बढाउनुपर्ने आजको अवस्यकता भएको बताए । ‘अर्काले गरेको उत्पादनको व्यापारमा मात्रै केन्द्रीत हुने होइन् । अब हामी आफै उत्पादनमा अग्रसर हुन जरुरी छ,’ उनले भने, ’त्यसका लागी राज्यले पनि उद्योगीलाई आवश्यक सुविधा उपलब्ध गराएर उत्पादन वृद्धिमा जोड्नु पर्छ ।’
उनले परनिर्भता बढाउँदै लगेर हामीले उत्पादनमा ध्यान नदिँदा अहिले देशमा समस्या भएको दावी गरे । उनले सबै क्षेत्रमा सुधार आवश्यक रहेको बताए । राजनीतिक नेतृत्वदेखि प्रशासन र नागरिकसम्मै सुधारको आवश्यकता रहेको उनको भनाई छ ।
‘ऐन कानुन परिमार्जन गरेर विकास र समृद्धिको बाटोमा अघिबढ्नु पर्छ । सम्बृद्धिका लागि सबै एकतावद्ध भएर अघि बढ्न जरुरी छ । भ्रष्टाचार नियन्त्रण गर्न व्यक्तिका सबै विषय अध्यावधिक गर्न पर्छ,’ उनले भने ।
स्थानीय सम्भावनाको आधारमा उत्पादनमा केन्द्रीत हुन जरुरी रहेको उल्लेख गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकारले लगानीमैत्री वातावरण तयार गर्न लगानी बोर्ड गठन गर्ने तयारी गरेको जानकारी दिए । उद्योगीको लगानी सुरक्षीत गर्ने र नाफा संकलन गरी लगानीकर्ताले नै सक्ने व्यवस्था गर्न जरुरी रहेको उनको भनाई छ ।