२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कारको ठक्करबाट एकको मृत्यु, एक घाइते



भरतपुर–१४ भावना चोकमा ईभी कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक घाइते भएका छन् ।

कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार भरतपुर–१४ बस्ने २१ वर्षीय रोशन अधिकारीको आज बिहान ५ः४५ बजे चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मोटरसाइकल चालक कालिका नगरपालिका–८ शक्तिखोर बस्ने वर्ष २० को प्रदीप खत्रीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले बताएकोे छ ।

आइतवार बेलुका ५ः४० बजेको समयमा गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको बागती प्रदेश ०१–०२९ च ७५९७ नम्बरको ईभी कार र शिवनगर स्कुलबाट हनुमाननगरतर्फ आउदै गरेको बागमती प्रदेश०६–००१प ५०४८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र कार चालक भरतपुर–२० बस्ने वर्ष ३४ को सविनराज लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१, २८ माघ सोमबार ००:००  ९ : ४१ बजे