काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप नै फुटे पछि खडेरीमा पनि बबरमहलमा डुबान भएको छ । बिना मौसम भएको डुबानले त्यहाँ वरपर रहेका सरकारी कार्यालय प्रधावित बनेका हुन् । सडकमा रहेको पाइप फुटेर जिल्ला अदालत काठमाडौं, विशेष अदालत जलमग्न भएको छ ।
अदालतको पहिलो तला नै डुबाएको छ । साथै वन परिसर डुबानमा परेको छ । डुबानको कारण अदालतको सेवा प्रभावित भएको छ पाइप फुटेर सडकसमेत जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको छ । एक लेन पुरै बन्द भएको छ भने अर्को लेनमा सवारी जाम भएको छ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल ले बबरमहल क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्दा मुख्य वितरण प्रणालीकै पाइपमा क्षति पु¥याएको र अचानक फुट्दा बाढीको रूप लिएको बताएको छ। बुधबार दिउँसो साढे २ बजेतिर बबरमहलको मुख्य सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो।
पाइप फुट्दा बबरमहलमा रहेको वन कार्यालय, जिल्ला अदालत र विशेष अदालतका भवनलगायतमा डुबान भएको थियो। केयुकेएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोककुमार पौडेलले विद्युत प्राधिकरणको लापरबाहीले गर्दा थोक वितरण प्रणालीकै पाइपमा क्षति पुगेको बताए। काठमाडौं उपत्यकाका मुख्य तथा भित्री सडकहरूमा अहिले जताजतै पानी चुहावट भईरहेको छ । काठमाडौँमा उपभोक्ताको घरमा खानेपानी पुग्दैन तर, बाटोबाटोमा पानी छ्यालब्याल हुने गर्छ । समउमा पाईप ममर्त नगर्ने फुटेका पानी नबनाउने र जथाभावी सडक भत्काउने, माटो थुपार्ने गर्नाले पनि बिभिन्न ठाउँमा पानी खेर गईरहेको छ ।
काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्ने सरकारले आश्वासन दिए पनि कहिलै पुरा गर्न सकेको छैन । बर्षेनी मेलम्ची भोट माग्ने माध्यम बन्छ तर, समस्या समाभान कहिलै हुदैन ।बर्खा लागे संगै मेलम्ची सधैँ बन्द गर्नु पर्छ । हिउँदमा प्रसस्त पानी पुग्दैन जस्ले गर्दा उपभोक्ता समस्यामा छन् । काठमाडौं उपत्यका कतै खानेपानीको अभाव रहेको छ भने कतै मेलम्चीको पानी चुहावट हुँदा हिलाम्मे बनिरहेको छ। केही बेर सडक समेत अवरुद्ध हुन पुगेको थियो। पानीको सप्लाई रोकिएपछि अहिले सडक भने सुचारु भइसकेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले उक्त क्षेत्रमा मेलम्चीको वितरण प्रणालीको पाइप फुटेको जानकारी दिए। ‘उक्त क्षेत्रमा हाम्रो बल्ब डिस्ट्रिब्युसन सिस्टम ९बिडिएस० पाइप फुटेको छ। त्यो भनेको निकै ठुलो पाइप हो,’ प्रवक्ता राईले भने,‘हामीले त्यहाँको सप्लाई रोकिसकेका छौँ। यसैले जलमग्न स्थिति केहीबेरमा हटिसक्छ।’ उक्त पाइप कमजोर भएका कारण नफुटेको प्रवक्ता राईले दाबी गरे।