२०८१, २८ फाल्गुन बुधबार | Wed Mar 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यसम्पादन मूल्याङ्कनमा विनयी त्रिवेणी गाउँपालिका पहिलो



नवलपरासी बर्दघाट सुस्तापूर्वका स्थानीय तहमध्ये विनयी त्रिवेणी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को कार्यसम्पादन मूल्याङ्कनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लामा उत्कृष्ट बनेको हो ।

जिल्लाका आठवटा स्थानीय तहमध्ये विनयी त्रिवेणी गाउँपालिकाले ७३ दशमलव २ प्रतिशत अङ्क प्राप्तगरी पहिलो बनेको हो ।

देवचुली नगरपालिका ७१ दशमलव ४ प्रतिशत अङ्क प्राप्तगरी दोस्रो, गैँडाकोट नगरपालिकाले ७० दशमलव ९ अङ्क प्राप्तगरी तेस्रो स्थानमा छ ।

मध्यविन्दु नगरपालिकाले ६८ दशमलव ६, बौदीकाली गाउँपालिकाले ६३ दशमलव ९, कावासोती नगरपालिकाले ६२ दशमलव ९, हुप्सेकोट गाउँपालिकाले ६० दशमलव ८ र बुलिङटार गाउँपालिका ४६ दशमलव ३ प्रतिशत अङ्क पाएका छन् ।

जनप्रतिनिधिको दिगो विकासको लक्ष्य अनुसार कार्यपालिका र कर्मचारीहरुको प्रयत्नबाट लिजामा विनयी त्रिवेणीले उत्कृष्ट अंक प्राप्त गरेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । पालिकाको समृद्धि र जनताको उन्नतीका लागि योजनावद्ध काम गरिरहेकाले देखिनेगरी नतिजा आउने उनको भनाई छ ।

कार्यसम्पादन मूल्याङ्कनमा आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा नगर तथा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्कन हुने गर्दछ ।

प्रकाशित मिति : २०८१, २ फाल्गुन शुक्रबार ००:००  २ : ०८ बजे