२०८१, १३ फाल्गुन मंगलबार | Tue Feb 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगा पोकली जाँदै गरेको बस धुलिखेलमा दुर्घटना,१७ जना घाइते



काठमाडौंबाट रामेछापको धोबी, सिरिसे, ढाँडे हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका- १० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् ।बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ०८ : २० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा बस चालक र सह-चालकसहित १७ जना रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेले जानकारी दिए । बसमा २४ जना सवार थिए ।

घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । चालक र सह-चालकको टाउकोमा गभ्मीर चोट छ । घाइतेहरुको पहिचान भएको छैन ।

बस घटनास्थलमै रहेकोले राजमार्गमा एकतर्फी मात्रै सञ्चालन भएको छ ।

बस रामेछापको धोबी, ढाँडे हुँदै ओखलढुंगाको पोकलीका लागि गुडेको थियाे ।

प्रकाशित मिति : २०८१, १३ फाल्गुन मंगलबार ००:००  १० : २१ बजे