नेपाल पुस्तक तथा स्टेसनरी व्यवासायी महासङघ जिल्ला शाखा काठमान्डौंले पाठ्यपुस्तक तथा स्टेसनरि सामाग्रीहरुकाको अमर्यादित विक्री वितरण भएको सन्दर्भमा ध्यानाकर्षणपत्र बुझाएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरि व्यवासायी महासङ्घ जिल्ला शाखा काठमाण्डौंका अध्यक्ष नारायणप्रसाद दाहाल र अनुगमन समिति संयोजक बिष्णु गिरी लगाएत काठमाण्डौंका पदाधिकारि तथा सदस्यहरुले काठमाण्डौं महानगरपालिका निमित्त शिक्षा विभाग प्रमुख केशव ज्ञावालीलाई भेटि विद्यालय हातभित्रबाटै पाठ्यपुस्तक तथा स्टेस्नरी सामग्रीको विक्री वितरण कार्यलाई रोक्न ध्यानाकर्षणपत्र बुझाएका छन् ।
पत्रमा नेपालको कानुन अनुसार सम्मानित सर्वोच्च अदालतको फैसला २०६८ र नेपाल सरकार संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ समेतले विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा स्टेसनरी सामाग्रीहरु विक्री वितरण नगर्ने नगराउने भन्ने आदेश भई कानुन वनिसकेको अवस्थामा अझै पनि कानुनको बर्खिलाप हुने गरी विद्यालय हातभित्रबाटै पाठ्यपुस्तक तथा स्टेसनरी सामाग्रीहरुको बिक्री वितरण कार्य भएकाले उक्त कार्य रोक्ने सन्दर्भ पत्रमा लेखिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै ज्ञावालीले व्यवसायीका मागप्रति महानगरपालिका संवेदनशिल रहेको बताउंदै कानुनको बर्खिलाप हुने गरि विध्यालय हाताभित्रबाट हुने अमर्यादित गतिविधि रोक्न पहल गर्ने प्रतिबद्दता जनाउनु भएको कुरा संयोजक गिरीले बताउनु भयो !!
