२०८२, ६ बैशाख शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं ल्याइँदै



दुर्गा प्रसाईँलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । केन्द्रीय प्रहरी विशेष ब्युरोबाट खटिएको टोलीले उनलाई झापाको चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याउन लागेको हो ।

प्रसाईँलाई आजै ११ः३० बजे बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइँदै छ ।

उनीसँगै उनका बडीगार्ड दिपक खड्का पनि पक्राउ परेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले बताए । उनलाई पनि काठमाडौं ल्याउने तयारी छ ।

डीआईजी सिद्धीविक्रम शाह नेतृत्वको उक्त टोली दुई सातादेखि प्रसाईँको खोजीमा विभिन्न स्थानमा खटिएको केन्द्रीय प्रहरी स्रोतले जनाएको छ । सोही टोलीको साथमा उनलाई काठमाडौं ल्याउने तयारी भएको हो ।

प्रकाशित मिति : २०८१, २८ चैत्र शुक्रबार ००:००  १२ : १३ बजे