२०८२, ११ श्रावण शनिबार | Sat Jul 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट



सिरहाको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ को लागि रु एक अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले आज नगरसभाको १६औँ अधिवेशनमा प्रस्तुत गर्नुभएको उक्त बजेटमा चालुतर्फ रु ७९ करोड ४० लाख अर्थात ४७.२८ प्रतिशत र पुँजीगततर्फ रु ८८ करोड ५५ लाख २८ हजार अर्थात कूल बजेटको ५२.७२ प्रतिशतको बजेट प्रस्तुत गरेका हुन् ।

यसअन्तर्गत शिक्षातर्फ रु २३ करोड ५८ लाख, स्वास्थ्यतर्फ रु २७ करोड ९३ लाख, कृषितर्फ रु आठ करोड ६६ लाख र पूर्वाधारतर्फ रु ५० करोड विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए ।

नगरपालिकाको आन्तरिक आय रु २५ करोड हुने अनुमान गरिएको छ । सार्वजनिक नीति तथा कार्यक्रम र बजेटमा नगरप्रमुख महेशप्रसाद चौधरीले ‘हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान’ निर्माणको नारालाई मूलमन्त्रका रूपमा अगाडि सारिएको छ ।

नगरप्रमुख चौधरीले आफू निर्वाचित भए यता विगत तीन वर्षमा पूर्वाधार एवं सहरी विकास, कृषि तथा सिँचाइ, शिक्षा तथा स्वास्थ्य, पर्यटन तथा रोजगार र लागुपदार्थ दुव्र्यसन विरुद्ध विशेष फड्को मारेको दावी गरेका छन् । उनले आगामी बाँकी दुई वर्षे कार्यकालमा थप तथा नवीनतम कार्यहरु गर्ने लक्ष्य राखी आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउन स्थानीय उत्पादनलाई बढावा दिनेगरी बजेटमा समेटिएको बताए ।

प्रकाशित मिति : २०८२, ६ असार शुक्रबार ००:००  ९ : २६ बजे