२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धिचरण नगरपालिकाको बजेट ७२ करोड ६५ लाख



ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७२ करोड ६५ लाख १३ हजार ९०० रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम कार्यन्वयन गर्नका लागि नगरपालिकाको १६औँ नगरसभामा उपमेयर केदारबाबु बस्नेतले उक्त बजेट सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये नगरपालिकाको आन्तरिक आय दुई करोड, मालपोत कार्यालयबाट घर जग्गा रजिष्ट्रेशन दस्तुर बाडफाडबाट  ५० लाख, राजश्व बाँडफाँड संघीय सरकार नौं करोड ६० लाख ९१ हजार ४०१, सवारी साधन कर बाँडफाँड प्रदेश सरकार ८५ लाख ५० हजार, संघीय सरकारबाट वित्तीय सामानीकरण अनुदान १० करोड ७० लाख, समपुरक अनुदान एक करोड एक लाख, विशेष अनुदान दुई करोड ८२ लाख रहेको छ ।

यस्तै सशर्त अनुदान चालु तर्फ ३४ करोड ५९ लाख, पुजिगत तर्फ पाँच करोड ४५ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण ९७ लाख ९४ हजार, समपुरक अनुदान एक करोड र सशर्त अनुदान चालु ४४ लाख १८ हजार सशर्त अनुदान पुँजीगत ४२ लाख ९ हजार र बाँकी नपुग रकम आ.व.२०८१/०८२ बाट बैङ्क मौज्दात अल्या रु २ करोड २७ लाख ५१ हजार ५ सय रुपैया अनुमान गरिएको छ ।

नगरपालिकाले कृषि, पशुपञ्छी, शिक्षा क्षेत्रलाई प्राथामिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । कृषि उपजको ब्राण्डिङ र बजारीकरण गर्दै कृषि मार्फत समृद्धि हासिल गर्ने लक्ष अनुसारको नीति लिएको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताए ।

शिक्षा, स्वास्थ्य, खानेपानी, पुर्वाधार निर्माण जस्ता आधारभूत विषयलाई प्राथमिकता दिएर काम गर्ने योजना समेत रहेको मेयर खनालको भनाई छ ।

नगरसभाका सदस्यले ऐतिहासिक क्षेत्र, शिक्षा, स्वास्थ्य, लक्षित वर्गका कार्यक्रम प्रभावकारी गराउनु पर्ने र पर्यटकीय क्षेत्रको विकास लगायतको क्षेत्रमा नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । सिद्धिचरण नगरपालिका सँगै जिल्लाको अन्य पालिकाले पनि आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम साथै बजेट ल्याएका छन् ।

प्रकाशित मिति : २०८२, १० असार मंगलबार ००:००  ९ : ४९ बजे