२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल रुपाकोट मझुवागढीकाे बजेट १ अर्ब २ करोड



दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि रु एक अर्ब दुई करोड ९२ लाख ३४ हजार तीन सय ९१ बजेट सार्वजनिक गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको १३औँ नगरसभा बैठकमा उपप्रमुख विशन राईले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।

नगरपालिकाबाट आन्तरिक आय रु दुई करोड २० लाख, सङ्घीय सरकारअन्तर्गत राजस्व बाँडफाँडबाट रु १४ करोड ९३ लाख ९० हजार ६७८, सङ्घीय सरकारअन्तर्गत अनुदानबाट रु ६९ करोड २० लाख, प्रदेश सरकारबाट अनुदान शीर्षकमा रु आठ करोड ६८ लाख ४२ हजार र बाँकी अन्य स्रोतबाट खर्च व्यवस्थापन गरिने उनले जानकारी दिए ।

उपप्रमुख राईका अनुसार नगरपालिकाले कृषि, पर्यटन, शिक्षा क्षेत्र सुधार, स्वास्थ्य क्षेत्रको गुणस्तर, स्थानीय गौरवका आयोजना, विपद् व्यवस्थापन, श्रमदानलाई प्रोत्साहन गर्ने, रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादन वृद्धि र बजारीकरण गरी स्वावलम्बी र आत्मनिर्भर गाउँ बनाउनेलागयत विषयलाई बजेटले प्रथामिकता दिएको छ ।

व्यावसायिक कफीखेती प्रवद्र्धन गर्न रु एक करोड, स्थानीय उत्पादनको बजारीकरण गर्न रु १९ लाख, मुढेमा चिस्यान केन्द्र निर्माणका लागि रु २० लाख, बाँदरबाट हुने क्षति न्यूनीकरण गर्दै वैकल्पिक बाली प्रवद्र्धन गर्न रु ३० लाख, प्राङ्गरिक खेती प्रवद्र्धन गर्न रु दश लाख, बङ्गुर र बाख्रा प्रवद्र्धनमा रु १८ लाख, कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत रु तीन करोड १२ लाख बजेट विनियोजन गरिएको छ ।

रोजगारी तथा लघु उद्यम, पर्यटन पूर्वाधार, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, खानेपानी, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, भाषा, संस्कार, संस्कृति प्रवद्र्धन तथा संरक्षण, पूर्वाधार, वन तथा वातावरण, विपद् व्यवस्थापन, सरसफाइ, सामाजिक सुरक्षा, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनका लागि पनि आवश्यक बजेट व्यवस्था गरिएको छ ।

नगरसभामा नगरप्रमुख तीर्थराज भट्टराईले आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।  

प्रकाशित मिति : २०८२, १० असार मंगलबार ००:००  ९ : ५८ बजे