२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमाली गाउपालिकाले ल्यायो ३९ करोडको बजेट



बाजुराको हिमाली गाउँपालिकाले ३९ करोडकोे बजेट ल्याएको छ । पालिकाको १६ औं गाउँ अधिवेशनमा पालिका उपाध्यक्ष राजकला सार्कीले आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट प्रस्तुत गरेकी हुन् ।

हिमाली गाउँपालिकाले नयाँ बजेटमा सामुदायिक शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र स्वरोजगारलाई उच्च प्राथमिकतामा राखेको छ ।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले हिमालीका नागरिकलाई गाउँमै शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुविधाको सुनिश्चितता गराउने र किसानलाई आत्मनिर्भर बनाउने नीति सभामा प्रस्तुत गरेका छन् ।

हिमाली गाउँपालिकाले स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड दिएको छ ।

प्रकाशित मिति : २०८२, १० असार मंगलबार ००:००  १० : ३४ बजे