२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गमलाई सुगम बनाउने खत्याड नीतिः ६४ करोड ८८ लाख बजेट



मुगुको खत्याड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ६४ करोड ८८ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सरिता रोकायले नती तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र भौतिक पूर्वाधार क्षेत्रको विकासलाई पहिलो प्राथामिकतामा राखेर बजेट ल्याएको गाउँपालिका अध्यक्ष अज बहादुर शाहीले अनलाईन सरोकारलाई बताए ।

विगतका वर्षमा निती तथा कार्यक्रममा उल्लेख गरे अनुसार ६५ प्रतिशत काम भएको समिक्षा गरेको छौँ । बाँकी ३५ प्रतिशत कामलाई यो बजेटमा कार्यन्वयन गरि थप परिमार्जन गरेर बजेट ल्याएको उनको भनाइ छ ।

उनका अनुसार एकल महिला, दलित, अपाङ्ग र विपन्न नागरिकको लागि स्वास्थ्य विमा कार्यक्रमलाई थप सुदृढ गरेर बजेट ल्याइएको छ ।

किसानहरुको उत्पादित बस्तुलाई बजार सम्म पुर्याउनको लागि कृषि एम्बुलेन्सको ब्यवस्था गरिएको र  मौरि पालक, भैँसी पालक, भेडा पालक किसानहरुलाई कृषिमा आधारित अनुदान जस्ता कार्यक्रमलाई यो बजेटमा प्राथमिकतामा राखिएको अध्यक्ष शाहीले बताए ।

प्रकाशित मिति : २०८२, ११ असार बुधबार ००:००  ६ : ५१ बजे