२०८२, २४ असार मंगलबार | Tue Jul 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

करेन्ट लागेर दुई जनाको मृत्यु



कपिलवस्तुको बुद्धभुमी नगरपालिका-६ लक्ष्मीपुर बस्ने ६४ वर्षीय मल्लु धोवीको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित कुखुरा फर्मको कम्पाउण्डमा सुरक्षाको लागि राखेको विद्युत् प्रवाह भएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

त्यसतै कैलालीको धनगढी उपमहानगरपालिका-१४ डि गाउँ बस्ने ३० वर्षीया रूपा चौधरीको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

घरमा लुगा सुकाउने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८२, १७ असार मंगलबार ००:००  ५ : ३३ बजे