२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मरिणका अध्यक्षको एक्सन– विद्युत समस्या समाधान गर्न प्राधिकरण सहमत



सिन्धुलीको मरिण गाउँपालिका क्षेत्रको विद्युतको समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरण सहमत भएको छ । पालिकाका विभिन्न क्षेत्रमा विद्युत विस्तार र वितरणमा देखिएको समस्या समाधानका लागि गाउँपालिका अध्यक्ष विमर्स मुक्तानले प्राधिकरणको जिल्लाका प्रमुख र पालिकाका प्रमुखलाई कार्यालयमै बोलाएर तत्काल मरिण क्षेत्रको विद्युत समस्या समाधान गर्ने सहमति गराएका हुन् ।

समग्र मरिणको विद्युत प्रसारण लाईनमा देखा परेको समस्या समाधानको बारेमा आज मरिण गाउँपालिकाको कार्यालयमा विद्यत प्राधिकरण सिन्धुलीका प्रमुख सिसिर लम्साल र मरिण फ्युज सेन्टर प्रमुख फत्त माझी, स्थानीय सरोकारवालाको बैठक बसेर तत्काल समस्या समाधान गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मुक्तानले बताए । उज्यालो मरिण अभियानलाई सफल बनाउन विद्युत विस्तार र वितरणको कामलाई प्रभावकारी बनाउन पालिका र प्राधिकरणले समन्वय बढाउने विषयमा छलफल भएको थियो ।

मरिणलाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ । अहिले वडावडालाई पूर्णविद्युतीकरणको गर्ने काम भईरहेको छ । देखिएका समस्या समाधान गर्दै विद्युत विकासको कामलाई गति दिन पालिकाले पहल गरिरहेको छ ।

प्रकाशित मिति : २०८२, २७ असार शुक्रबार ००:००  ८ : ४२ बजे