२०८२, ५ पुस शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामेछापबाट काठमाडौँ जादै गरेको बस काभ्रेमा दुर्घटना,२३ जना घाईते



रामेछापबाट काठमाडौँ जादै गरेको बस ब्रेक फेल भएर दुर्घटना भएको छ । बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस काभ्रेपलाञ्चोक को भुम्लु गाउँपालिका ८ पौवास्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा २३ जना घाईते भएका छन् ।

घाईतेको घुलिखेल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी )मीन बहादुर घलेले जानकारी दिए।

उनको जानकारी अनुसार बस सडकको भित्तामा ठोक्किएर दुर्घटना हुँदा बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना घाईते भएका हुन् ।बस घटनास्थलमै रहेको र चालकलाई प्रहरी चौकी दोलालघाटले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको काभ्रे प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार घाइते काभ्रेपलान्चोक र रामेछापका रहेका छन् । काभ्रेपलान्चोकका १२, रामेछापका १० र गोरखाका एक जना घाइते भएका हुन् । घाइतेको घुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८२, ४ श्रावण शनिबार ००:००  ३ : ५५ बजे