२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यालिफोर्नियामा एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त



अमेरिकी सेनाको एउटा एफ–३५ लडाकु विमान क्यालिफोर्नियाको लिमोर नौसेना हवाई अड्डा (नेभल एयर स्टेसन लिमोर) नजिकै दुर्घटना भएको छ ।

यो दुर्घटना मध्य क्यालिफोर्नियाको फ्रेस्नो सहरबाट करिब ६४ किलोमिटर दक्षिणपश्चिममा अवस्थित लिमोर नौसेना हवाई अड्डानजिकै भएको नौसेनाले जनाएको छ ।

स्थानीय समयानुसार बुधबार साँझ करिब ६ः३० बजे यो दुर्घटना भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको नौसेनाले जनाएको छ ।

दुर्घटनामा पाइलट समयमै विमानबाट बाहिर निस्कन ( इजेक्ट गर्न ) सफल भएका र उनलाई अस्पताल लगिएको छ । हाल उनी सुरक्षित र खतरामुक्त छन् ।

अमेरिकी नौसेनाका अनुसार, यो लडाकु विमान स्ट्राइक फाइटर स्क्वाड्रन भीएफ–१२५ लाई सुम्पिइएको थियो । त्यसलाई ‘रफ रेडर्स’ नामले चिनिन्छ ।

भीएफ–१२५ एक फ्लीट रिप्लेसमेन्ट स्क्वाड्रन हो । त्यसको जिम्मेवारी पाइलट र चालक दल ९एयर क्रू०लाई तालिम दिने हो । दुर्घटना हुँदा यो विमान कुनै मिसनमा नभई प्रशिक्षण उद्देश्यका निम्ति उडानमा थियो ।


एफ–३५ पाँचौँ पुस्ताको एकल सिट, एउटा इन्जिन स्टिल्थ मल्टिरोल लडाकु विमानको परिवार हो । हवाई श्रेष्ठता, आक्रमण, इलेक्ट्रोनिक युद्ध र गुप्तचर जानकारी संकलनको मिसन पूरा गर्न यसको डिजाइन गरिएको हो । यो विमान लकहिड मार्टिन कम्पनीले बनाउँछ । यो अत्याधुनिक स्टिल्थ, रडारबाट बच्ने क्षमता र लडाकु क्षमताका निम्ति प्रख्यात छ ।

दुर्घटनाग्रस्त एफ–३५ विमानको लागत करिब १०० मिलियन डलर रहेको जनाइएको छ । यो अमेरिकी नौसेनाका निम्ति विशेष रूपमा डिजाइन गरिएको एक ‘भेरियन्ट’ हो । विमानवाहक जहाज ( एयरक्राफ्ट क्यारियर )बाट त्यसको उडान गर्न सकिन्थ्यो ।

प्रकाशित मिति : २०८२, १६ श्रावण बिहीबार ००:००  १ : १८ बजे