हलेसीबाट तिर्थालु बोकेर सिरहा फर्किँदै गरेको बोलेरो गाडी दुर्घटना भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ मा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा १८ जना घाइते भएका हुन् ।
दुर्घटनामा परेका १६ जना सामान्य घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ । अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ ।












