नेवारी समुदायको विशेष पर्व गाइजात्राको अवसरमा सिद्धिचरण नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगर कार्यपालिकाको बैठकले गाईजात्राको अवसरमा साउन २५ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सिद्धिचरण नगरपालिकामा नेवार समुदायको उल्लेख्य बसोबास रहेको र गाइजात्रा स्थानीयले महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको नगर प्रमुख तेजेन्द्र खनालले बताए । गाईजात्राको अवसरमा नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक संघ–संस्थाहरूमा बिदा दिईएको नगरप्रमुख खनालको भनाई छ ।
गाईजात्रा पर्वमा नेवार समुदायले एक वर्षभित्र दिवंगत भएका आफन्तहरूको सम्झनामा जात्रा निकाल्ने परम्परा रहेको छ ।
हिलेजात्रा अन्तर्गत मनाइने लाखे जात्रासँगै गाईजात्रा पनि ओखलढुंगा सदरमुकामलगायत जिल्लाका विभिन्न स्थानमा धुमधामका साथ मनाउने गरिन्छ ।
१ महिना देखि सदरमुकामका नेवारी समुदायले लाखे जात्रा देखाइरहेको छ ।












