२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाध्यक्षले दलित युवकमाथि दुर्व्यवहार गरेको आरोप



डडेल्धुराको परशुराम नगरपालिका–८ का वडाध्यक्ष दिनेशप्रसाद जोशीले एक दलित युवकलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । वडाध्यक्ष जोशीले सोही वडाका २४ वर्षीय लोकेन्द्र लुहार (विक)लाई स्थानीय द्वारिक चोक नजिकै दुर्व्यवहार गरेको आरोप लागेको हो ।

बिरामी भाइलाई मोटरसाइकलमा राखेर अस्पताल लैजादै गर्दा वडाध्यक्षले अभद्र व्यवहार गरको उनले बताए । अभद्र व्यवहार भएको विषयमा इलाका प्रहरी कार्यालय जोगबुढामा छलफल समेत भएको पाइएको छ । यद्यपि आपसी छलफलबाट विवाद समाधान भइसकेको अध्यक्ष जोशीले बताए ।

तर, नेपाल दलित मुक्ति मोर्चा डडेल्धुराका अध्यक्ष धर्मेन्द्र नेपालीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत घटनाबारे कडा आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न चेतावनी दिएका छन् ।
‘यसरी सार्वजनिक स्थान बाटोघाटोमा दलितका छोराछोरी माथि चप्पल हानिन्छ, न्यायका लागि प्रहरीमा जाँदा पनि न्याय मिल्दैन भने यस्तो विभेद र हिंसा कदापि सह्य हुने छैन’, भनेर प्रतिक्रिया दिएका छन् ।

वडाध्यक्ष जोशीले लुहारसँग सामान्य विवाद भएको तर घटनालाई अनावश्यक उचाल्न खोजिएको प्रतिक्रिया दिए । ‘बाटो हिँडिरहेको मलाई आइतबार ३ जनाले अशोभनीय टिप्पणी गरेका थिए । यसमा सामान्य विवाद भएको हो । अनावश्यक उचाल्ने काम राम्रो होइन’, उनले भने। उनले घटनापछि प्रहरी चौकीमा छलफल हुँदा लुहारले गल्ती स्वीकारेको समेत बताए ।

प्रकाशित मिति : २०८२, २८ श्रावण मंगलबार ००:००  ११ : १२ बजे