राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित गरेलगत्तै एउटा समूहले नयाँ कार्यसमिति घोषणा गरेको छ ।
बुधबार भेलामा लफडा भएपछि अध्यक्ष लिङदेन अधिवेशन स्थगित भएको घोषणा गरेर बाहिरिएका थिए । लगत्तै नाराबाजीमा उत्रिएको ज्योति लामा समूहले नयाँ कार्यसमिति घोषणा गरेको हो ।












