दुर्गा प्रसाईंले छिट्टै पार्टी घोषणा गर्ने बताएका छन् । सोमबार निवासमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । उनले पार्टीको नाम छिट्टै घोषणा गर्ने बताए ।
“भगवान रामचन्द्र पनि सीता लिन जाँदा आफैँ जानुभएको थियो,” प्रसाईंले भने, “राजाको भूमिका कस्तो रहन्छ, त्यसमा भर पर्छ । मैले यहाँसम्म गरेँ ।”
उनले आफू राजनीतिमा नथाकेको बताएका छन् । अब व्यवस्थामा बसेर व्यवस्था विरोधी आन्दोलन हुने बताए ।
“राजालाई मैले भेट्दा पनि भनेको हुँ–सरकार हिजो फ्याक्न हिरासतमा पनि बस्यौँ । अब हामी ल्याउन तयार छौँ भनेको हो । राजा समाएको र छोडेको भन्ने हुँदैन । राजा र देउता आफ्नो ठाउँमा छन् ।”
उनले राप्रपाभन्दा आफूहरु फरक हुने बताए ।












