२०८३, १५ श्रावण शुक्रबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गा प्रसाईंले पार्टी खोल्ने



दुर्गा प्रसाईंले छिट्टै पार्टी घोषणा गर्ने बताएका छन् । सोमबार निवासमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । उनले पार्टीको नाम छिट्टै घोषणा गर्ने बताए ।

“भगवान रामचन्द्र पनि सीता लिन जाँदा आफैँ जानुभएको थियो,” प्रसाईंले भने, “राजाको भूमिका कस्तो रहन्छ, त्यसमा भर पर्छ । मैले यहाँसम्म गरेँ ।”

उनले आफू राजनीतिमा नथाकेको बताएका छन् । अब व्यवस्थामा बसेर व्यवस्था विरोधी आन्दोलन हुने बताए ।

“राजालाई मैले भेट्दा पनि भनेको हुँ–सरकार हिजो फ्याक्न हिरासतमा पनि बस्यौँ । अब हामी ल्याउन तयार छौँ भनेको हो । राजा समाएको र छोडेको भन्ने हुँदैन । राजा र देउता आफ्नो ठाउँमा छन् ।”

उनले राप्रपाभन्दा आफूहरु फरक हुने बताए ।

प्रकाशित मिति : २०८२, २ भदौ सोमबार ००:००  ३ : ५२ बजे