२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदीय सुनुवाई समितिको सभापति रामहरी खतिवडा निर्विरोध



संसदीय सुनुवाई संयुक्त समितिको सभापतिमा ओखलढुंगाका सांसद रामहरी खतिवडा निर्विरोध निर्वाचित भएका छन् । उक्त समितिका सभापति इश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन भएपछि रिक्त रहेको सुनुवाई समितिको सभापतिमा खतिवडाको मात्रै मनोनयन दर्ता भएको हो ।

संघीय निजामती सेवा विधेयमा ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएपछि राज्य व्यवस्था तथा सुशासन समितिका तत्कालिन सभापति खतिवडाले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

राजिनामा दिए लगत्तै उनी संसदीय सुनुवाई समितिको सदस्यमा मनोनित भएका थिए । मनोनित भए लगत्तै सुनुवाई समितिको सभापतिका लागि मनोनयन दर्ता गर्न आव्हन भएकोमा खतिवडाको मात्रै मनोनयन दर्ता भएको हो ।

काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे प्रस्ताव रहेको खतिवडाको मनोयनमा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला समर्थक रहेका छन् ।

समितिको सभापतिमा मनोनयन दर्ताका लागि प्रकाशित निर्वाचन कार्यक्रम अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म मनोनयन दर्ता गर्ने समयसिमा तोकिएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २०८२, १९ भाद्र बिहीबार ००:००  ८ : ०५ बजे