काठमाडौंकाे गोकर्णेश्वर नगरपालिकाले आगामी राष्ट्रिय शिक्षा दिवस २०८२ को अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। नगरपालिकाले नगर क्षेत्रमा स्थायी रूपमा बसोबास गर्ने विद्यावारिधि (PHD) उपाधि हासिल गरेका व्यक्तिहरूलाई सम्मान गर्ने निर्णय गरेको हो।
नगरपालिकाको नगर प्रमुख दीपक कुमार रिसालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भए अनुसार, योग्य व्यक्तिहरूको नाम दर्ता गर्ने काम सुरु गरिएको छ। यसका लागि सम्बन्धित व्यक्तिहरूले आफ्नो विद्यावारिधि उपाधिको प्रमाणपत्रको प्रतिलिपि, अनुसन्धान तथा शोधकार्यको शीर्षक र सम्भव भएमा पूरा शोधपत्रको एक प्रतिलिपि पेश गर्नुपर्नेछ।
यी कागजातहरू आगामी २०८२ भदौ २५ गते भित्र नगर कार्यालयमा बुझाउनुपर्ने वा Whatsapp नम्बर ९८२३२७८३३० तथा इमेल [email protected] मार्फत पठाउन सकिने व्यवस्था गरिएको छ।
नगरपालिकाले यस कार्यलाई शैक्षिक क्षेत्रप्रतिको योगदानलाई कदर गर्ने र समाजमा ज्ञान र सीपको महत्त्वलाई उजागर गर्ने उद्देश्यसहित अघि बढाएको बताइएको छ।












