२०८३, १९ बैशाख शनिबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाम्नाङटार सेवा समाजको नयाँ कार्यसमिति चयन, अध्यक्षमा भट्टराई



गाम्नाङटार सेवा समाजको नयाँ कार्यसमिति चयन भएको छ । समाजको २१औँ साधारण सभा तथा १०औँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

भदौ २१ गते शनिबार काठमाडौंको सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न साधारण सभाले अध्यक्षमा कल्याण चन्द्र भट्टराईलाई निर्वाचित गरेको छ ।

निर्वाचन मण्डल संयोजक बाबुराम श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले कम्तिमा ९ देखि १५ सदस्य रहने व्यवस्था भए पनि यसपटक १० जना निर्वाचित गरेको छ । बाँकी ४ जना सदस्य भने पछि मनोनित गरिने निर्णय गरिएको छ ।

नव–निर्वाचित कार्यसमितिहरु :

  • अध्यक्ष : कल्याण चन्द्र भट्टराई
  • उपाध्यक्ष : उद्धव कुमार खड्का
  • सचिव : कविता खत्री
  • सहसचिव : पुस्कल नेपाल
  • कोषाध्यक्ष : ईश्वर भट्टराई
  • सदस्यहरू : लाल बहादुर थापा, प्रकाश भट्टराई, गंगा खड्का बस्नेत, गोमा पौडेल र रमेश थापा

निर्वाचन मण्डलका संयोजक बाबुराम श्रेष्ठले सम्पूर्ण पदाधिकारी र सदस्यलाई शपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति : २०८२, २२ भदौ आइतबार ००:००  ११ : ४६ बजे