गाम्नाङटार सेवा समाजको नयाँ कार्यसमिति चयन भएको छ । समाजको २१औँ साधारण सभा तथा १०औँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
भदौ २१ गते शनिबार काठमाडौंको सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न साधारण सभाले अध्यक्षमा कल्याण चन्द्र भट्टराईलाई निर्वाचित गरेको छ ।
निर्वाचन मण्डल संयोजक बाबुराम श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले कम्तिमा ९ देखि १५ सदस्य रहने व्यवस्था भए पनि यसपटक १० जना निर्वाचित गरेको छ । बाँकी ४ जना सदस्य भने पछि मनोनित गरिने निर्णय गरिएको छ ।
नव–निर्वाचित कार्यसमितिहरु :
- अध्यक्ष : कल्याण चन्द्र भट्टराई
- उपाध्यक्ष : उद्धव कुमार खड्का
- सचिव : कविता खत्री
- सहसचिव : पुस्कल नेपाल
- कोषाध्यक्ष : ईश्वर भट्टराई
- सदस्यहरू : लाल बहादुर थापा, प्रकाश भट्टराई, गंगा खड्का बस्नेत, गोमा पौडेल र रमेश थापा
निर्वाचन मण्डलका संयोजक बाबुराम श्रेष्ठले सम्पूर्ण पदाधिकारी र सदस्यलाई शपथ ग्रहण गराएका थिए ।














