२०८३, १५ श्रावण शुक्रबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित



सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

जेनजी युवाको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारबाट आज बिहान जारी सूचनामा लेखिएको छ, ‘मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको भोलिदेखिका पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको‘।’

प्रकाशित मिति : २०८२, २५ भदौ बुधबार ००:००  १० : ३७ बजे