२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्रीमा पूर्व डिआइजी रमेश खरेलकाे चर्चा



पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बन्न लागेको अन्तरिम सरकारकाे गृहमन्त्रीमा नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलको नाम प्रमुख रूपमा अगाडि आएको छ।

गृहमन्त्रीको जिम्मेवारीका लागि विभिन्न व्यक्तिहरूको नाम सार्वजनिक रूपमा चर्चा भइरहेको छ। तर, स्रोतहरूका अनुसार सुशासन, कडाइ र पारदर्शिताप्रति स्पष्ट दृष्टिकोण राख्ने पात्रका रूपमा खरेललाई उपयुक्त उम्मेदवारको रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको छ।

प्रहरी सेवामा रहँदा खरेलले भ्रष्टाचार, आपराधिक गतिविधि र अनियमितताविरुद्ध चालेका कडा कदमले उनलाई सार्वजनिक रूपमा चर्चित बनाएको थियो। सुरक्षा संयन्त्रमा लामो अनुभव, प्रशासनिक दक्षता र नीतिगत प्रतिबद्धता उनको विशेषता मानिन्छ।

यद्यपि राजनीतिक वृत्तमा गृहमन्त्रालयका लागि अन्य केही नामहरू पनि छलफलमा रहेका छन्। तर, हालको सन्दर्भमा खरेलको नाम सबैभन्दा अगाडि रहेको चर्चा तीव्र बनेको छ।

जेनजी पस्ताले पनि उनकाे नाममा सहमति जनाउने सम्भावना छ ।

प्रकाशित मिति : २०८२, २९ भदौ आइतबार ००:००  १२ : ०५ बजे