२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल



नवनियुक्त गृहमन्त्री ‌ओमप्रकाश अर्यालले क्षति भए पनि आन्दोलनले ऐतिहासिक अवसरको ढोका खोलेकोले अब विवाद अन्त्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

मन्त्रीको पदभार ग्रहण गरे लगत्तै सोमबार गृह मन्त्रालयमा उनले सञ्चारकर्मीहरुसँग अब विवाद गरेर पछि फर्किन नहुने धारणा राखे ।

‘अहिले अब विवाद गरेर पछि फर्किने होइन । विवाद हटाएर अघि बढ्ने हो’ मन्त्री अर्यालले भने, ‘क्षति भए पनि ऐतिहासिक अवसरका लागि ढोका खुलेको छ। अहिले सुरुवात गर्ने र त्यसलाई निर्वाचन बाट थप प्रमाणीकरण गर्न लाग्नुपर्छ ।’

उनले अहिले मुलुकलाई दीर्घकालीन रुपमा सही बाटोमा लैजानुपर्ने बताए ।

उनले अहिले सरकारको मुख्य प्राथमिकता राज्यका तीनवटै अंगका संरचनाहरु नभएकाले राज्य भन्न लायक गरी ती संरचना बनाउनमा हुने बताए ।

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार ००:००  २ : १८ बजे