२०८३, २९ भदौ सोमबार | Mon Sep 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटारमा जेनजीको एक समूह र घाइतेहरूको नाराबाजी



प्रधानमन्त्री निवास बालुवाटार अगाडि जेनजी आन्दोलनका एक प्रतिनिधि समूह, सहिद परिवार र घाइतेहरूलाई भित्र प्रवेश गर्न नदिएपछि बाहिर नाराबाजी गरिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय छलफल हुनुअघि जेनजी समूहका प्रतिनिधि र घाइतेहरू छलफलमा सहभागी हुनका लागि बालुवाटार पुगेका थिए। तर, सुरक्षाकर्मीले उनीहरूलाई मुख्य गेटमै रोक्दा उनीहरूले ‘हामीलाई पनि छलफलमा सहभागी गर’ लगायतका नाराबाजी गरेका हुन्।

जेनजी पक्षले आन्दोलनका घाइतेहरूलाई समेत छलफलमा सहभागी गराउन माग गरेको छ भने सरकार पक्षले आधिकारिक टोलीमार्फत मात्र सहभागिताको व्यवस्था गरिएको जनाएको छ।

बालुवाटार वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। बालुवाटारमा अहिले छलफल जारी छ।

प्रकाशित मिति : २०८२, १२ कार्तिक बुधबार ००:००  ५ : २६ बजे