पछिल्लो समय विश्वभर कृत्रिम बुद्धिमत्ता (एआइ) को प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। एआइ प्रविधिले मानवीय सोच, सिर्जना र निर्णय क्षमताको नक्कल गर्न सक्ने भएकाले यसले समाजमा ठूलो प्रभाव पारिरहेको छ। तर, यसको दुरुपयोगले भने गम्भीर समस्या सिर्जना गरिरहेको छ।
हालसालै सामाजिक सञ्जालमा आकाशबाट ठूला असिना परेर घर र गाडीमा नोक्सानी पु¥याएको भन्दै भाइरल भएका केही भिडिओहरू एआइबाट सिर्जना गरिएका फेक सामग्री भएको पुष्टि भएको छ। झट्ट हेर्दा ती दृश्यहरू यथार्थजस्तो देखिए पनि तिनको स्रोत र विवरण अध्ययन गर्दा ती कृत्रिम बुद्धिमत्ता प्रणालीद्वारा बनाइएका एनिमेसन मात्र भएको पत्ता लागेको छ। यस्ता उदाहरणहरूले देखाउँछ कि एआइ प्रविधिको गलत प्रयोगले कसरी समाजमा भ्रम, डर र गलत धारणा फैलाउन सक्छ।
एआइका विभिन्न प्लेटफर्महरूले अत्यन्त यथार्थपरक तस्बिर, आवाज, र भिडियो तयार गर्न सक्ने भएकाले सत्य र मिथ्या छुट्याउन सामान्य प्रयोगकर्ताका लागि कठिन बन्दै गएको छ। यस्ता मिथ्या सामग्रीले जनमानसमा अविश्वास, द्वेष र सामाजिक अस्थिरता निम्त्याउने सम्भावना रहन्छ।

तर, एआइ पूर्ण रूपमा नकारात्मक भने होइन। यसको सही प्रयोगले पत्रकारिता, शिक्षा, स्वास्थ्य, व्यापार, र अनुसन्धान क्षेत्रलाई अत्यन्त उपयोगी बनाउन सकिन्छ। उदाहरणका लागि, तथ्यजाँच ९ाबअत(अजभअपष्लन०, सूचना विश्लेषण, भाषा अनुवाद, र सञ्चार सुधारमा एआइले सहयोग पु¥याइरहेको छ।
त्यसैले, एआइको प्रयोगलाई नियन्त्रण, सचेतता र नैतिक मापदण्डसहित अघि बढाउन आवश्यक छ। प्रयोगकर्ताले प्राप्त हुने सूचनाको सत्यता जाँच गर्ने बानी बसाल्नुपर्छ भने सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूले पनि सत्य र असत्य छुट्याउने जिम्मेवारी बहन गर्नुपर्छ। सही सदुपयोगले एआइ समाजको विकासको माध्यम बन्न सक्छ, तर गलत प्रयोगले भ्रम र अविश्वासको स्रोत।












