वाग्मतीसहित चार प्रदेशमा आज (वैशाख १२) बिहान पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, कोसी र वाग्मती प्रदेशका थोरै ठाउँहरूमा तथा मधेस र गण्डकी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको पानी परिरहेको छ ।
उक्त प्रणाली पूर्वतिर सर्ने क्रममा छ । आसपासको क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
“उक्त प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको र आसपासको क्षेत्रमा थप पानी पर्ने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनुहोला,” विभागले सूचना जारी गर्दै भनेको छ ।











