कुनैपटक गौशाला हुँदै चावहिलसम्म पैदल यात्रा गर्नुभएको होला। हिँड्दा कतै तारमा अल्झिनु पर्छ, कतै फलामको बारमा ठोक्किनु पर्छ। कतै माटो र गेगारको थुप्रो छ, कतै फुटपाथ निर्माणका लागि राखिएका गिट्टी र बालुवाको थुप्रो । अनि मनमा प्रश्न आउँछ — यत्रो व्यस्त सडकमा फुटपाथ किन भत्काएर यत्तिका समयसम्म अधुरो राखिएको होला ?
यही प्रश्न अहिले धेरै पैदल यात्रु र स्थानीयवासीको मनमा छ…
फुटपाथ निर्माण कार्य समयमा सम्पन्न नहुनुको मुख्य कारण ठेकेदारको ढिलासुस्ती, अवैध संरचनाहरू, मापदण्डसम्बन्धी विवाद र विभिन्न निकायबीचको समन्वय अभावको मुख्य कारण भएको बताईको छ ।
यसबीच सडक किनारामा रहेका बिजुलीका पोल, तार, खानेपानीका पाइप, ढल र सडक बत्तीका कारण पनि निर्माणकार्य लगातार रोकिएको थियो। यी कारणहरूले गर्दा चावहिल क्षेत्रको फुटपाथ लामो समयदेखि अधुरो अवस्थामा रह्यो।
तर ,अब भने कामले गति लिएका लिएको छ । काठमाडौँ महानगरपालिकाको टेन्डर प्रक्रियाबाट सुरु भएको यो परियोजनाले सुरुको करिब डेढ वर्षपछि मात्र स्पष्ट प्रगति देखाएको हो।
वडा नं ७ का अध्यक्ष विमल कुमार होडाले अनलाइन सरोकार सँग कुरा गर्दै भन्नु भयो :
“फुटपाथ निर्माणको काम ढिलो भएको हो, तर अब निरन्तर रूपमा काम भइरहेको छ। महानगर र स्थानीयवासीसँग निरन्तर समन्वय गरेर केही महिनामै यो काम सकिनेछ।”
फुटपाथ निर्माण गर्दा यसपटक अपाङ्गमैत्री संरचना र सुरक्षित पैदलमार्ग को मापदण्ड पालना गरिएको छ।
निर्माणधीन क्षेत्रमा बनेका केही संरचनाहरू अवैध रहेको र ती हटाउने कार्य नागरिकसँगको समन्वयमा भइरहेको उहाँले बताउनु भयो ।











