२०८२, २८ मंसिर शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कागेश्वरी मनोहरामा १०० शैयाको अत्याधुनिक अस्पताल निर्माण हुँदै



काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा एक सय शैयाको नयाँ र आधुनिक अस्पताल निर्माण हुने भएको छ। नगरपालिकाले स्वास्थ्य सेवा गुणस्तर वृद्धि र नागरिकलाई सहज उपचार पहुँच उपलब्ध गराउने लक्ष्यसहित उक्त अस्पताल निर्माणको तयारी अघि बढाएको हो।
१०० शैयाको अस्पताल निर्माणका लागि आधार तयार भइसकेको र जनतालाई सहज तरिकाले शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँच पु¥याउने लक्ष्यका साथ नगरपालिकाले काम गरिरहको नगर प्रमुख उपेन्द्र कार्कीले बताउनु भयो ।

उहाँले कागेश्वरी मनोहरा देशकै सबैभन्दा बढी बसाइँ सरेर आउने स्थानीय तह भएकाले अस्पताल निर्माण अत्यावश्यक भएको बताउँदै, “१०० शैयाको अस्पताल बनाएर हजारौ नागरिकलाई रोजगारी दिने घोषणा गर्नु भयो ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिँदै गुणस्तरीय र सेवा–मुखी अस्पताल निर्माणको तयारी तीव्र बनाएको जनाएको छ। यसले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने र काठमाडौं उपत्यकाको स्वास्थ्य सेवामा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २७ कार्तिक बुधबार ००:००  ११ : ४४ बजे