२०८२, ५ माघ आइतबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली काँग्रेस काठमाडौं-१ मा आचार्यको नाम सिफारिस, काँग्रेसमा चहलपहल



नेपाली काँग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ युवा नेता बाबुराम आचार्यको नाम सिफारिस गरेको छ। आचार्यको नाम पूर्वमन्त्री तथा वरिष्ठ नेता प्रकाशमान सिंहसँगै सिफारिस भएपछि काठमाडौं काँग्रेसभित्र नयाँ राजनीतिक हलचल सिर्जना भएको छ।

क्षेत्र नं. १ का सभापति रविन्द्र विक्रम राणाले आज प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभाका लागि विभिन्न व्यक्तिहरूको नाम सिफारिस गरेका हुन्। सोही सन्दर्भमा आचार्यको नाम औपचारिक रूपमा अघि बढाइएको हो।

युवा, शिक्षित र लोकतन्त्रप्रेमी नेता आचार्यलाई स्थानीय काँग्रेसजनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विजयी बनाउन सक्ने सक्षम उम्मेदवारका रूपमा हेरिएको छ। द्वन्द्वकालमा माओवादीबाट गम्भीर यातना भोगेका, राजनीतिक संघर्षमा लामो अनुभव हासिल गरेका आचार्य जस्तो नेता कांग्रेसका लागि उपयुक्त उम्मेदवार भएको स्थानीय नेताहरूको तर्क छ।

यता पटक–पटक मन्त्री बनेका प्रकाशमान सिंहले पार्टी र देशका लागि अपेक्षाकृत प्रभावकारी काम गर्न नसकेको आरोप खेपिरहेका बेला आचार्यको उदयले काठमाडौं कांग्रेसमा नयाँ चर्चा शुरु भएको युवा नेता सागर भट्टराईले बताए।

पत्रकारिता र राजनीति शास्त्रमा स्नातकोत्तर आचार्य अढाई दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय छन्। राजनीतिमै समर्पित जीवन बिताएका कारण उनी अविवाहित छन्। पार्टीभित्र गुट–उपगुटभन्दा माथि उठेर लोकतन्त्र, देश र जनताको हितलाई प्राथमिकता दिनुपर्ने धारणा राख्ने आचार्य शिक्षा र स्वास्थ्य निःशुल्क बनाउनुपर्नेमा जोड दिने नेताका रूपमा चिनिन्छन्।

उनले समानुपातिक प्रणाली, प्रदेश संरचना तथा जातीय राजनीति खारेज हुनुपर्ने तर्क गर्दै आएका छन्। कांग्रेसले टिकट दिनैपर्ने नेताको रूपमा सामाजिक सञ्जालमार्फत देश–विदेशमा रहेका नेपाली काँग्रेस समर्थकहरूले पनि दवाब दिइरहेको देखिन्छ।

जेनजी आन्दोलनपछि कमजोर बनेका शीर्ष नेताहरूलाई पनि मिलाएर अघि बढाउन सक्ने क्षमताका कारण आचार्यलाई विशेष महत्व दिइएको बताइन्छ। नेपाली काँग्रेसका संस्थापक नेता स्व. कृष्णप्रसाद भट्टराईले समेत प्रत्यक्ष रुपमा प्रतिस्पर्धा गरेको काठमाडौं–१ जस्तो महत्वपूर्ण क्षेत्रमा टिकट पाउन चुनौती रहँदै आए पनि, आचार्यको लोकप्रियता र स्थानीय समर्थनले उनको दावेदारी बलियो बन्दै गएको देखिन्छ।

प्रकाशित मिति : २०८२, २६ मंसिर बिहीबार ००:००  ११ : २७ बजे