२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा भेला गर्दै ईश्वर पोखरेल समूह



नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आज (मंसिर २६) युवा भेला गर्दै छ । थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा युवा भेला गर्न लागिएको पोखरेल समूहले जानकारी गराएको छ ।

पार्टी महाधिवेशन उद्घाटनको एक दिनअघि कार्यक्रम आयोजना गरिएको हो । पोखरेलले महाधिवेशनमा अध्यक्षमा उमेदवारी घोषणा गरिसकेका छन् । उनी अध्यक्षमा केपी शर्मा ओलीको प्रतिस्पर्धी बन्ने र त्यसनिम्ति आफ्नो पक्षमा माहोल सिर्जना गर्न लागिपरेका छन् ।

युवा भेला बिहान साढे ११ बजेदेखि सुरु हुने जनाइएको छ ।

एमालेको ११औँ महाधिवेशन यही मंसिर २७ (भोलि)देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।

प्रकाशित मिति : २०८२, २७ मंसिर शुक्रबार ००:००  १० : २२ बजे