२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतले ७७औँ गणतन्त्र दिवस मनाउँदै



भारतले यस वर्ष आफ्नो ७७औँ गणतन्त्र दिवस मनाउँदै छ । भारत सन् १९४७ अगस्ट १५ मा स्वतन्त्र भएको थियो । १९५० जनवरी २६ जनवरीमा यसको संविधान लागु गरियो ।

यही दिन भारतलाई लोकतान्त्रिक, सम्प्रभु र गणतन्त्र राष्ट्र घोषणा गरिएको थियो । त्यसैले हरेक वर्ष जनवरी २६ मा गणतन्त्र दिवस मनाइन्छ ।

हरेक वर्ष दिल्लीको ऐतिहासिक कर्तव्यपथमा गणतन्त्र दिवसको भव्य परेड आयोजना गरिन्छ । यो परेडमा सैन्य ट्यांक, लडाकु विमानको गर्जन र विभिन्न राज्यका सांस्कृतिक झाँकी प्रदर्शन गरिन्छ ।

परेडको अध्यक्षता भारतका राष्ट्रपतिले गर्छन् । यो दिवस मनाउने परम्परा देशका पहिलो राष्ट्रपति डा. राजेन्द्र प्रसादले १९५० जनवरी २६ मा २१ तोपको सलामीका साथ झन्डोत्तोलन गरी भारतलाई पूर्ण गणतन्त्र घोषणा गरेसँगै सुरु भएको हो ।

भारतका राष्ट्रपतिले परेडको सलामी लिन्छन् । उनी भारतीय सशस्त्र बलका ‘कमान्डर इन चिफ’ पनि हुन्छन् ।

यो समारोह रायसिना हिल्सस्थित राष्ट्रपति भवनअगाडि आयोजना हुन्छ । गणतन्त्र दिवसको समापन समारोह भने जनवरी २९ साँझ आयोजना गरिन्छ ।

यसपटक परेडमा भारतीय वायुसेनाका २९ विमानले ‘फ्लाईपास्ट’ गर्नेछन् । यसमा १६ फाइटर जेट, चार ट्रान्सपोर्ट विमान र नौ हेलिकोप्टर समावेश हुनेछन् । 

प्रकाशित मिति : २०८२, १३ माघ सोमबार ००:००  ११ : ०२ बजे