२०८२, २१ फाल्गुन बिहीबार | Thu Mar 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतले ७७औँ गणतन्त्र दिवस मनाउँदै



भारतले यस वर्ष आफ्नो ७७औँ गणतन्त्र दिवस मनाउँदै छ । भारत सन् १९४७ अगस्ट १५ मा स्वतन्त्र भएको थियो । १९५० जनवरी २६ जनवरीमा यसको संविधान लागु गरियो ।

यही दिन भारतलाई लोकतान्त्रिक, सम्प्रभु र गणतन्त्र राष्ट्र घोषणा गरिएको थियो । त्यसैले हरेक वर्ष जनवरी २६ मा गणतन्त्र दिवस मनाइन्छ ।

हरेक वर्ष दिल्लीको ऐतिहासिक कर्तव्यपथमा गणतन्त्र दिवसको भव्य परेड आयोजना गरिन्छ । यो परेडमा सैन्य ट्यांक, लडाकु विमानको गर्जन र विभिन्न राज्यका सांस्कृतिक झाँकी प्रदर्शन गरिन्छ ।

परेडको अध्यक्षता भारतका राष्ट्रपतिले गर्छन् । यो दिवस मनाउने परम्परा देशका पहिलो राष्ट्रपति डा. राजेन्द्र प्रसादले १९५० जनवरी २६ मा २१ तोपको सलामीका साथ झन्डोत्तोलन गरी भारतलाई पूर्ण गणतन्त्र घोषणा गरेसँगै सुरु भएको हो ।

भारतका राष्ट्रपतिले परेडको सलामी लिन्छन् । उनी भारतीय सशस्त्र बलका ‘कमान्डर इन चिफ’ पनि हुन्छन् ।

यो समारोह रायसिना हिल्सस्थित राष्ट्रपति भवनअगाडि आयोजना हुन्छ । गणतन्त्र दिवसको समापन समारोह भने जनवरी २९ साँझ आयोजना गरिन्छ ।

यसपटक परेडमा भारतीय वायुसेनाका २९ विमानले ‘फ्लाईपास्ट’ गर्नेछन् । यसमा १६ फाइटर जेट, चार ट्रान्सपोर्ट विमान र नौ हेलिकोप्टर समावेश हुनेछन् । 

प्रकाशित मिति : २०८२, १३ माघ सोमबार ००:००  ११ : ०२ बजे