नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार सचिन टिम्सिनासँग ‘Politics, Prosperity & Youth Professionals’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
Intellectual Professionals Advocacy Council (IPAC) को आयोजनामा चाबहिलस्थित स्वीट बैंक्वेट (येलो पुल) मा आयोजित कार्यक्रम २०८२ माघ १५ गते साँझ ७:०० बजे सुरु भएको थियो। कार्यक्रमको उद्घाटन IPAC का प्रतिनिधिले स्वागत मन्तव्यसहित गर्दै उम्मेदवार टिम्सिनाको परिचय गराएका थिए।

अन्तरक्रियाको दोस्रो चरणमा उम्मेदवार टिम्सिनाले काठमाडौं वडा नं. ७, काठमाडौं–४ तथा समग्र देशको विकासका लागि आफ्नो दृष्टिकोण, लक्ष्य र प्राथमिकताबारे धारणा व्यक्त गर्नुभयो। उहाँले युवाको सशक्तीकरण, रोजगारी सिर्जना, सुशासन तथा समृद्ध नेपाल निर्माणका लागि स्पष्ट र कार्यान्वयनयोग्य योजनाको आवश्यकता रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमको मुख्य आकर्षण युवापेशेवरहरूसँगको प्यानल छलफल तथा प्रश्नोत्तर सत्र रहेको थियो। छलफलका क्रममा
युवा सशक्तीकरण तथा रोजगारीका अवसर, शहरी विकास र पूर्वाधार, वातावरणीय दिगोपन तथा फोहोर व्यवस्थापन, सुशासन र पारदर्शिता जस्ता विषयमा गहन बहस गरिएको थियो। सहभागीहरूले राखेका जिज्ञासा र सुझावमा उम्मेदवार टिम्सिनाले व्यवहारिक तथा नीतिगत रूपमा स्पष्ट जवाफ दिनुभएको थियो।
कार्यक्रमपछि नेटवर्किङ तथा जलपान सत्र आयोजना गरिएको थियो, जसमा सहभागीहरूले उम्मेदवार टिम्सिना तथा IPAC का प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्राप्त गरेका थिए।
समापन सत्रमा IPAC का प्रतिनिधिले सहभागीहरू तथा उम्मेदवार टिम्सिनाप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रमबाट प्राप्त मुख्य निष्कर्षहरूको संक्षेप प्रस्तुत गर्नुभयो। आयोजकका अनुसार यस्ता अन्तरक्रिया कार्यक्रमहरूले युवामा राजनीतिक चेतना अभिवृद्धि गर्नुका साथै जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।












