२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिम एशिया द्वन्द्वले विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा



विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अनुसार पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्वभर करिब ३२ करोड मानिस तीव्र खाद्य असुरक्षाको जोखिममा परेका छन्। संयुक्त राज्य अमेरिका, इजरायल र इरानबीचको तनावले इन्धन र खाद्य मूल्य बढ्दै संकट झन् गम्भीर बन्ने चेतावनी दिइएको छ।

युद्ध लम्बिएर तेलको मूल्य १०० डलर नाघेमा थप ४ करोड ५० लाख मानिस भोकमरीको चपेटामा पर्न सक्ने जनाइएको छ। हाल लेबनान लगायत प्रभावित क्षेत्रमा राहत वितरण भइरहे पनि बजेट अभावका कारण सोमालिया, सुडान र अफगानिस्तानमा खाद्य संकट झन् गहिरिएको छ।

डब्लुएफपीले तत्काल थप मानवीय सहायता आवश्यक रहेको भन्दै विश्व समुदायसँग सहयोगको अपिल गरेको छ।

प्रकाशित मिति : २०८२, ४ चैत्र बुधबार ००:००  ११ : ०९ बजे